Tuesday, November 10, 2009

याद आए लुकाउने ........

याद आए लुकाउने नाम पनि हुन्छ
बस्नदिन छातिभित्र ठाम पनि हुन्छ ।

अलिपर पुग्छौं नि त अंध्यारोमै पनि
सँगै भए हामीसँगै घाम पनि हुन्छ ।

द्ययालुको कुरा बुझ्न झनै गाह«ो कस्तो
आफ्ना तृप्त हुन दिनोस् लाम पनि हुन्छ ।

देखेपछि गर्नै पर्छ बिश्वास अब मैले
हरामको नाम यहाँ राम पनि हुन्छ ।

No comments:

Post a Comment