Tuesday, June 29, 2010

केही मुक्तकहरु






आश्वासनै आश्वासनले पेट टार्ने हो कतिन्जेल

नयाँ नेपाल देखाएर मन फार्ने हो कतिञ्जेल

के थाह जनता π तिमी माथि के भइरहेछ

धमिलो पानीमा माछा मार्ने हो कतिन्जेल







प्रजातान्त्रिक पार्टी जीवनको आदर्श भएझैं लाग्छ

पार्टीबाटै जीन्दगी नदी बनेर बगेझैं लाग्छ

आफैलाई बिर्साउने यस्तो पार्टीलाई कसैले सुटुक्क त्यागेको देख्दा

वास्तवमा लोग्ने मान्छे पनि पोइला गएझैं लाग्छ







चिसोबाट बच्न अखवारमा तातो छ काठमाण्डू

गोरु बेचेको तर गैह«ो नातो छ काठमाण्डू

झुक्किनु भो मैले चिनिन पनि भन्छु

भित्र भित्रै धमिला लागे पनि बलियो गातो छ काठमाण्डू







जहाँ जाउँ त्यहाँ बलजफ्ती भए पनि सुहाउन मन लाग्छ

मान्छे भित्र कतै सङ्लो पानी छ कि उवाउन मन लाग्छ

एक अर्थमा आफै पनि कुवेर हुँ लागेर होला

अरु नसके पनि सबैलाई नमस्कार खुवाउन मन लाग्छ ।

No comments:

Post a Comment