Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Monday, November 9, 2009

निम्तो पाइएन

दुखमा संझिरहेको घरबाट
सुखको बेला
निम्तो पाइएन,
आर्शिवाद दिइरहेको मनबाटै
जो लिन होइन
दिन जान्दथ्यो
खोइ के भएर हो
उचाइ खोजिएन,
कति चाँढै
परिवर्तन भो बस्ती
भर्खर अघि सम्म यसको आभाष पाइएन ।

हुन सक्छ
निम्तोको सवालमा
नाफा नोक्सानको कांटा हेरिएको होला
हुनसक्छ निम्तोको सोचाइमा
राजनैतिक बाध्यता परेको होला
हुनसक्छ निम्तोको रोजाइमा
हार्दिकता अल्पमतमा दबेको होला
तर जे भए पनि
आफूभित्रको खुला आकाश खोजिएन
बिडम्बना यो सन्देश समयमैं पु¥याउन मौका पाइएन ।

जीवनलाई
धेरै पाटोबाट हेर्नुपर्ने
त्यो भएन
जीवन शुद्धतामा हांस्नुपर्ने
प्रयाससम्म भएन
जीवनलाई कर्तब्यमा कसी लाउनु पर्ने
सोचाई पनि देखिएन
आफ्नो मान्छेको खुशी
बाटोबाट त्यसै हेर्न भएन
के गरुँ घरमै जाउँ भने
निम्तो पाइएन ।

श्रीमती भन्छीन
त्यहाँ गएर सघाउनु पर्छ
एनको खर्च गर्न नजान्ने बानी छ
छोराछोरी भन्छन्
बुवा आजकतै जानुहुन्न
त्यो घर परिवारलाई खुसी पार्नुपर्छ
सानी छोरी भन्छे
चहलपहल गजब छ नि
पल्लो घरमा
निम्तो कार्ड देखेथें कति राम्र्रो
चाँडै लुगा झिक्नोस् बुवा
चाँढै गई हालम् हामी
यसरी अनायस
आफूतिर फर्केर आतुरका साथ सोधिरहेका
श्रीमती एवं छोराछोरीहरुलाई
म कसरी भनुँ
निम्तो पाइएन ।


written at early morning @ my home in manigram