सुनगाभा लालुपाते अस्ति हजारौं
कहाँ गए यतिखेर हस्ती हजारौं
हात मात्र साथ पाए पुग्ने थियो नै
प्रभातको प्रतिक्षामा बस्ती हजारौं
आहा कति खुसी लाग्यो भन्नु मात्रै भो
कता पुगे थाह छैन गस्ती हजारौं
पानीका थोपाथोपा प्रतिक्षाका पोका
जबरजस्ती सुन्दरी जस्ती हजारौं
अभिव्यक्ति पस्कनुको एउटै अभिष्ट
कैले देख्न पाइने हो मस्ती हजारौं
Tuesday, June 29, 2010
सम्झनाको अतितले वेर निष्ठुरी
सम्झनाको अतितले वेर निष्ठुरी
भित्री आँखा उघारेर हेर निष्ठुरी
काँडा हुँदै उचाइमा टेक्नु पर्ने बेला
जानु हुन्न मुस्कान यो खेर निष्ठुरी
झनझनै कडा लाग्यो सम्झनाको तिर्खा
हुन्न माया कहिले पनि धेर निष्ठुरी
असफल बिच पनि सफलता चुम्दै
जिन्दगीको मिठो श्वास फेर निष्ठुरी
घुम्तीपछि देखिएका दृश्य झलझली
मीठा बाहेक तिता जति केर निष्ठुरी
भित्री आँखा उघारेर हेर निष्ठुरी
काँडा हुँदै उचाइमा टेक्नु पर्ने बेला
जानु हुन्न मुस्कान यो खेर निष्ठुरी
झनझनै कडा लाग्यो सम्झनाको तिर्खा
हुन्न माया कहिले पनि धेर निष्ठुरी
असफल बिच पनि सफलता चुम्दै
जिन्दगीको मिठो श्वास फेर निष्ठुरी
घुम्तीपछि देखिएका दृश्य झलझली
मीठा बाहेक तिता जति केर निष्ठुरी
रुनै परे कुना लाग्ने बानी काइदा
रुनै परे कुना लाग्ने बानी काइदा
देशलाई स्वाभिमानी खानी काइदा
ठूलीको त्यो धुमधाम पूजापाठ भन्दा
कर्मलाई साथ दिने सानी काइदा
जग विना आइ लाग्ने शुभ लाभ भन्दा
आजलाई ढाढै सेक्ने हानी काइदा
कोकाकोला जुसफ्रुर्टी आदि स्वाद भन्दा
निश्कर्षमा उही सङलो पानी काइदा
देशलाई स्वाभिमानी खानी काइदा
ठूलीको त्यो धुमधाम पूजापाठ भन्दा
कर्मलाई साथ दिने सानी काइदा
जग विना आइ लाग्ने शुभ लाभ भन्दा
आजलाई ढाढै सेक्ने हानी काइदा
कोकाकोला जुसफ्रुर्टी आदि स्वाद भन्दा
निश्कर्षमा उही सङलो पानी काइदा
माया प्रेमको थैलो अब
माया प्रेमको थैलो अब
पुरै खोलौं दैलो अब
तिहार त्यो नपर्खेर
शुरु गरौं भैलो अब
विकृति र विसंगति
फाल्न सकौं मैलो अब
पछि पर्न थाली सक्यो
हिजोको त्यो पैलो अब
यता किन सबैतिर
पारौं खेलोवैलो अब
पुस्तकझैं पढेको त
कतिराम्रो कैलो अब
पुरै खोलौं दैलो अब
तिहार त्यो नपर्खेर
शुरु गरौं भैलो अब
विकृति र विसंगति
फाल्न सकौं मैलो अब
पछि पर्न थाली सक्यो
हिजोको त्यो पैलो अब
यता किन सबैतिर
पारौं खेलोवैलो अब
पुस्तकझैं पढेको त
कतिराम्रो कैलो अब
हृदयमा टल्किएको कुरा नगर भो
हृदयमा टल्किएको कुरा नगर भो
दिल्मा आगो सल्किएको कुरा नगर भो
पानी बिना माछाजस्तै भएको छु तर
किन यति भल्किएको कुरा नगर भो
फेवाताल भित्र नाच्ने माछापुच्छ«े त्यो
प्रतिबिम्ब झल्किएको कुरा नगर भो
यौटै मुटु टुक्रेको झैं थाह छंदैछ
यति विघ्न पल्झिएको कुरा नगर भो
दुई दिन्को प्रेम पनि बर्षौं जत्तिको
आह कति कल्किएको कुरा नगर भो
मोड लिंदा जिन्दगीको घुम्तीहरुमा
बिनासित्ति छल्किएको कुरा नगर भो
कति फरक जान्न खोज्ने इच्छा हुँदै हो
उता किन ढल्किएको कुरा नगर भो
दिल्मा आगो सल्किएको कुरा नगर भो
पानी बिना माछाजस्तै भएको छु तर
किन यति भल्किएको कुरा नगर भो
फेवाताल भित्र नाच्ने माछापुच्छ«े त्यो
प्रतिबिम्ब झल्किएको कुरा नगर भो
यौटै मुटु टुक्रेको झैं थाह छंदैछ
यति विघ्न पल्झिएको कुरा नगर भो
दुई दिन्को प्रेम पनि बर्षौं जत्तिको
आह कति कल्किएको कुरा नगर भो
मोड लिंदा जिन्दगीको घुम्तीहरुमा
बिनासित्ति छल्किएको कुरा नगर भो
कति फरक जान्न खोज्ने इच्छा हुँदै हो
उता किन ढल्किएको कुरा नगर भो
मनको कालो दागलाई लेखनीले छेक सानु
मनको कालो दागलाई लेखनीले छेक सानु
गुराँसका रंगहरु मुहारमै देख सानु
आलोकित गतिशिल हुनुपर्छ यात्राहरु
कल्पनाको भूगोलमा साहित्यले टेक सानु
हामी जहाँ भए पनि धर्ती एउटै हो
टाढै देखि भए पनि भित्रभित्रै भेट सानु
चाहेजस्तै उदाउनु पर्छ मनमा सधैभरी
कलम हो उही तर रातो सूर्य लेख सानु
गुराँसका रंगहरु मुहारमै देख सानु
आलोकित गतिशिल हुनुपर्छ यात्राहरु
कल्पनाको भूगोलमा साहित्यले टेक सानु
हामी जहाँ भए पनि धर्ती एउटै हो
टाढै देखि भए पनि भित्रभित्रै भेट सानु
चाहेजस्तै उदाउनु पर्छ मनमा सधैभरी
कलम हो उही तर रातो सूर्य लेख सानु
रुवाउने मन छैन रुन्छ्यौ भने म के गरुँ
रुवाउने मन छैन रुन्छ्यौ भने म के गरुँ
मैले भने भन्दा बढी सुन्छ्यौ भने म के गरुँ
सपनी यो परिस्कृत गरी दिउँ अपेक्षा हो
सिरानो त्यो आँशुले नै धुन्छ्यौ भने म के गरुँ
गाढा माया भए पनि भौतिकतमा धेरै टाढा
लेखनीको साहाराले छुन्छ्यौ भने म के गरुँ
प्रतिक्षामा बस्नु पनि साह«ै मिठो अधिकार
समय यो बेजोडले गुन्छ्यौ भने म के गरुँ
यौटा सीमा रेखाभित्र आत्मियता सँगालदा
हैसियत भन्दा बढी हुन्छ्यौ भने म के गरुँ
चिनाजान भएपछि देख्नुपर्छ गन्तव्य त
खाली माया जाल मात्र बुन्छ्यौ भने म के गरुँ
कस्को हुन्न चहाना त सधैभरी उदाउनु
ध्रुव तारा स्थान तिमी चुन्छ्यौ भने म के गरुँ
मैले भने भन्दा बढी सुन्छ्यौ भने म के गरुँ
सपनी यो परिस्कृत गरी दिउँ अपेक्षा हो
सिरानो त्यो आँशुले नै धुन्छ्यौ भने म के गरुँ
गाढा माया भए पनि भौतिकतमा धेरै टाढा
लेखनीको साहाराले छुन्छ्यौ भने म के गरुँ
प्रतिक्षामा बस्नु पनि साह«ै मिठो अधिकार
समय यो बेजोडले गुन्छ्यौ भने म के गरुँ
यौटा सीमा रेखाभित्र आत्मियता सँगालदा
हैसियत भन्दा बढी हुन्छ्यौ भने म के गरुँ
चिनाजान भएपछि देख्नुपर्छ गन्तव्य त
खाली माया जाल मात्र बुन्छ्यौ भने म के गरुँ
कस्को हुन्न चहाना त सधैभरी उदाउनु
ध्रुव तारा स्थान तिमी चुन्छ्यौ भने म के गरुँ
Subscribe to:
Comments (Atom)
